एमसीसीविरुद्ध भोलि माइतीघरमा प्रदर्शन गरिने

काठमाडौं । अमेरिकी सहयोग सम्झौता (एमसीसी) को विरोधमा भोलि शनिबार दिउँसो राजधानीमा विरोध प्रर्दशन हुने भएको छ ।

‘हाम्रो नेपाल, हामी नेपाली अभियान’का केन्द्रीय अध्यक्ष तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहले एमसीसी खारेजीका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

अभियामार्फत शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा धर्नासहित आन्दोलन गरिने अभियन्ता शाहीले आज शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

शाहीले एमसीसीलाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने उद्देश्यले यही मंसिर २८ गते सरकारले संसद् अधिवेशन बोलाएको पनि दाबी गरे । उनले संसद् अधिवेशन बोलाइएको दिन अर्थात् मंसिर २८ गते नै ‘नेपाल रहने वा नरहने’ फैसला हुन गइरहेको उनको दाबी छ ।

एमसीसी पास गराउन संसद्ले कार्यसूची तयारी अवस्थामा राखेको समेत उनको दाबी छ । विभिन्न दल र त्यसमा संलग्न नेता–कार्यकर्तालाई राष्ट्रिय स्वाधिनताका लागि झण्डा बोक्न आग्रह गर्दै उनले विदेशीको दासत्वलाई कहिलेसम्म स्विकार्ने भन्नेबारे सोच्नसमेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *