पाल्पाली संगम यू.एस.ए.ले पठाएको कन्सनटेटर पाल्पाका स्थानीय तहलाई हस्तान्त्रण

सुनिल कार्की
पाल्पा । पाल्पाली संगम यू.एस.ए.ले पाल्पाका स्थानीय तहलाई अक्सिजन कन्सनटेटर सहयोग गरेको छ । अमेरिकामा रहेका पाल्पालीहरुको संस्था पाल्पाली संगमले २० वटा अक्सिजन कन्सन्टेटर सहयोग गरेका हुन् ।

जिल्लामा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्युभएपछि संक्रमितको स्वास्थ्य उपचारमा सहजहोस उद्धेश्यले स्वास्थ्य सामाग्रीको रुपमा अक्सिजन कन्सनटेटर सहयोग गरिएको पाल्पाली संगम यू.एस.ए.का सदस्य सागर घिमिरेले जनाकारी दिनुभयो ।


जन्मभुमि पाल्पामा पछिल्लो समय बढेको कोरोना संक्रमण र देखा परेको अक्सिजन अभावलाई केही हद सम्म न्यूनिकरण गर्न अमेरीकामा बस्ने पाल्पालीको समन्वयमा आर्थिक सहयोग संकलन अक्सिजन कन्सनटेटर खरिद गरि जिल्लाका स्थानिय तहलाई स्थानियलाई हस्तन्त्रण गरिएको पाल्पाली संगम यू.एस.ए.लका सदस्य घिमिरेले बताउनुभयो ।


जस अन्र्तगत तानसेन नगरपालिका भित्रको पाल्पा अस्पतालको लागि महेश र तुल्सी भट्टराईबाट एक थान,हरिहर र टिका खनालबाट एक थान, बन्दीपोखरा स्वास्थ्य चौकिको लागि सागर घिमिरेबाट एक थान,मदनपोखरा स्वास्थ्य चौकिलाई डाक्टर सन्दीप पाण्डे र अर्गली स्वास्थ्य चौकिलाई डाक्टर सुमन पराजुलीले एक थान कन्सनटेटर सहयोग गर्नुभएको छ ।


यस्तै रामपुर नगरपालिकाको रामपुर अस्पतालको लागि सतिश चापागाई र डाक्टर रुद्र अर्यालले एक/एक थान कन्सनटेटर उपलब्ध गराउनुभएको छ भने तिनाउ कोभिड अस्पतालको लागि पाल्पाली संगम यू.एस.ए.ले सम्रगमा एक थान कन्सनटेर सहयोग गरेको छ ।


माथागढी गाउँपालिकाको कसेनि स्वास्थ्य चौकिको लागि अमृत भट्टराई र जगदीश काफ्लेल एक/एक थान कन्सनटेटर सहयोग गर्नुभएको छ । चिदिपानि स्वास्थ्य चौकिलाई पाल्पाली संगम यू.एस.ए. मार्फत एक थान, रुप्से स्वास्थ्य चौकिलाई धर्मा आचार्यबाट एक थान र देवगिर स्वास्थ्य चौकिलाई पाल्पाली संगम यू.एस.ए.को तर्फबाट एक थान कन्सनटेटर सहयोग गरिएको हो ।


बगनासकालि गाउँपालिकाको पोखराथोक स्वास्थ्य चौकि प्रशु र रन्जु नेपालबाट एकथान,पोखराथोक कोभिड अस्पतालको लागि पाल्पाली संगम यू.एस.ए.को तर्फबाट एक थान र नयारनमतलेश स्वास्थ्य चौकिको लागि कोपिला आचार्यबाट एक थान कन्सनटेटर सहयोग प्राप्त भएको छ ।


यस्तै गरि रिब्दीकोट गाउँपालिकाको पालुङ स्वास्थ्य चौकिलाई मैनादी ग्रुप यू.एस.ए.बाट एक थान र खस्यौली कोभिड अस्पताललाई पाल्पाली संगम यू.एस.ए.बाट एक थान अक्सिजन कन्सनटेटर सहयोग प्राप्त भएको छ । रैनादेवि छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकिको लागि मुझुङ छहरा ग्रुप यू.एस.ए.बाट एक थान कन्सनटेटर सहयोग प्राप्त भएको छ । यसै गरि रम्भा गाउँपालिकाको ताहुँ कोभिड अस्पतालको लागि रामचन्द्र पाठकले एकथान कन्सनटेटर सहयोग गरिएको छ ।


स्वास्थ्य कार्यालय पाल्पामा एक कार्यक्रमको आयोजना गरि सम्बन्धीत स्थानिय तहका प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई कन्सनटेटर सहयोग गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै रैनादेवि छहरा गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले अक्सिजनको अभावलाई पुर्ति गर्न अमेरीकामा बस्ने पाल्पालीको संस्था यू.एस.ए.ले गरेको सहयोग प्रति धन्यवाद दिर्दै ब्यक्तिगत आम्दानिबाट समेत गरेको यति ठुलो सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।

अमेरिकी ५ सय डलर भन्द बढी सहयोग गर्ने दाताले आफूले चाहेको स्थानिय तहलाई कन्सनटेटर सहयोग गर्न पाउने ब्यवस्था भएबमोजिम सहयोग गरिएको हो पाल्पाली संगम यू.एस.ए.का सदस्य सतिश चापागाईले बताउनुभयो ।


कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख वरिष्ठ जन स्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले यसरी प्राप्त सहयोगले संक्रमितको उपचारको लागि सहयोग मिल्ने बताउँदै यसको सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गर्नुभयो ।

सामाग्री हस्तान्त्रण कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी, बगनासकालि गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल,रैनादेवि छहरा गाउँपालिका अध्यक्ष राम बहादुर कार्की, बगनासकालि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी, तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्की, माथागढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसी लगायतको सहभागिता रहेको थियो ।

पाल्पाली संगम यूएसएबाट प्राप्त भई हल हस्तान्त्रण भएको सामग्री कोभिड पछि सम्बन्धीत स्वास्थ्य चौकि र अस्पतालाई उपलब्ध गराउन समेत आग्रह गरेको छ । प्रारम्भीक चरणमा २० थना कनसनटेटर पठाईएको आगामी दिनमा अक्सि मिटर,पिपिई,गूलको मिटर,डिजिटल थर्मो मिटर लगायतको स्वास्थ्य सामाग्री समेत आउने क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published.