प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, के छ खास एजेन्डा !

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।

आइतबार अपरान्ह ४ बजे बैठक बस्न लागेको बालुवाटार स्रोतले जनायो।

यद्यपि ठोस एजेन्डा भने खुलाइएको छैन।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको स्रोतले भन्यो।

यसअघि शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीच बैठक डाक्नेबारे छलफल भएको थियो।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दल उपस्थित हुन्छन्।

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ ।

मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ८०० मत गणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसरी कुनै पनि बुथमा मतगणना १०० नपुगेकाले प्रारम्भिक नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिनुभएको छ । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ कलस्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३,

मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएका क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा उल्लेख छ ।

जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.