काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ६२२ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ हजार २२६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ जना रहेको छ ।
२४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ९५१ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।