काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा गरिने भएको छ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्। माछा–मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्ने छ ।
यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।
कतै खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।
प्रशासनले दिएका नम्बरहरू
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द- ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा- ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३