शाखा अधिकृत द्वितीय पत्रः पूरानाे प्रश्नपत्र संगालाे

राज पत्राकिंत तृतीय श्रेणी शाखा अधिकृतकाे द्धितीय पत्र / दाेश्राे पत्रकाे २०७१ सालमा साेधिएकाे प्रश्नकाे संकलन फेयर नेपाल डटकम/डटनेटले गरेकाे छ। याे प्रश्न पत्रकाे सर्वाधिकार लाेक सेवा आयाेग सँग सुरक्षित छ।

लाेक सेवाद्वारा साेधिएका अन्य पुराना प्रश्नपत्रहरू र लाेकसेवा तयारी सामाग्रीहरू अध्ययनका लागि हाम्राे लाेकसेवा खण्डमा जानुहाेला। फेयर नेपालले संकलन गरेका यस्ता सामाग्री pdf format मा समेत उपलब्ध छन् ।

डाउनलाेड गरी अफलाइन पढ्न पनि सक्नुहुनेछ । एकिकृत रूपमा सम्बन्धित विषयकाे पश्नपत्र समेत Download गर्न सक्ने सुविधा पनि फेयर नेपालले प्रदान गर्दै आएकाे छ।

लाेक सेवा आयाेग द्वारा विभिन्न समयमा भिन्न भिन्न सेवा समुहहरूलाइ साेधिएकाे लिखित परीक्षाकाे पुराना प्रश्नपत्रहरूकाे संगालाे (Questions Bank) हामीले यहाँ प्रस्तुत गरेका छाैँ।

विषयः शासन प्रणाली
पदः शाखा अधिकृत
श्रेणीः राजपत्र अनंकित तृतीय श्रेणी
पुर्णाकंः १००
समयः ३ घण्टा
सालः २०७१
परिक्षा मितिः २०७१ चैत्र २६
Download: pdf, world, jpeg

1- नेपालमा विकेन्द्रिकरणको प्रयासहरु उल्लेख गर्दै स्थानिय स्वायत्त शासन ऐन २०५५ बमोजिम स्वायत्त शासन प्रणालीका विशेषताहरु उल्लेख र्गनुहोस ।

2- नेपालको हालको शासन प्रणाली संसदिय शासन पद्धतिसंग मिल्दो जुल्दो छ भनिन्छ ? संसद्धिय शासन पद्धतिका विशेषतासंग हाम्रो शासन प्रद्धतिको तुलना गर्नुहोस् ।

3- शासन प्रणालीको लागी पारदर्शिता किन बान्छनिय हुन्छ ? नेपालको शासन प्रणालीलाइ पारदर्शी बनाउनको लागी लिएका कदमहरु बताउनुहोस् ।

4- नेपालको संबैधानिक विकासक्रमका बारेमा प्रकाश पार्दै अन्तरिम संविधान, २०६३ का आधारभुत विशेषताहरु के–के हुन ? लेख्नुहोस् ।

5- लोकतान्त्रिक शासन पद्धतिमा नागरिक चेतनाको महत्व उल्लेख गर्नुहोस ।राष्ट्र निर्माण्को सन्दर्भमा जनताका जिम्मेवारी प्रष्ट पार्नुहोस् ।

6- विद्युतिय शासन भनेको के हो ? नेपालमा विद्युतिय शासनको सम्भावना बारे टिप्पणी गर्नुहोस् । (३+७)

7- नेपालमा सार्वजनिक कोषको सदुपयोग गर्न के कस्ता व्यवस्था गरिएको छ ? उल्लेख गर्दै सार्वजनिक कोष सदुपयोग गर्दा नैतिकताको भुमिकाको चर्चा गर्नुहोस् ।

8- नेपालको सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन भन्ने जनगुनासो छ । यसलाई प्रभावकारी बनाउन के कस्तो उपायहरु अवलम्ब गर्नुपर्ला ? सुझाव दिनुहोस् ।

9- नेपालको सार्वजनिक सेवामा मेधावी जनशक्ति आकर्षण गर्न र ती जनशक्तिको कार्यसम्पादन स्तर अब्ब्ल बनाई राख्न लोकसेवा आयोग र सेवा सञ्चालन गर्ने निकायले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने ठान्नहुन्छ ? उल्लेख गर्नुहोस् ।

10- सहभागिता मुलक योजनाको सन्दर्भमा नेपलमा भएका सुधार प्रयासहरुको सिहावलोकन गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *