कोरोनाका कारण ‘बान’ अध्यक्ष न्यौपानेको निधन

विराटनगर । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ ।

गएको वैशाख २८ गतेदेखि विराट मेडिकल कलेजमा उपचाररत उनको आज बिहान निधन भएको हो । अस्पतालका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका निवासी ५० वर्षीय न्यौपानेलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । न्यौपानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनी सप्तकोसी एफएम इटहरीका स्टेसन म्यानेजर थिए ।

इटहरी उपमहानगरपालिकाकी मेयर लक्ष्मी गौतमले न्यौपानेको निधनबाट इटहरीवासीलाई अपूरणीय क्षति भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *