प्रतिनिधि सभा विघटनविरुद्धका ३१ मुद्दाको सुनुवाइ हुँदै, यी हुन् संवैधानिक इजलासका न्यायाधीशहरु

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिट निवेदनमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रतिनिधि सभा विघटनविरूद्धका १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । बाँकी ११ वटा पहिले नै संवैधानिक इजलासमा पठाउने निर्णय भएको थियो ।

त्यस्तै अदालतको मानहानी मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको मुद्दालाई पनि संवैधानिक इजलासमै पठाइएको छ । त्रिपाठीले संविधानको धारा ११९ ले संघीय संसदमै बजेट प्रस्तुत गर्ने प्रावधान रहेको र त्यसको वैकल्पिक व्यवस्था संविधानले नतोेकेको भन्दै अध्यादेशबाट बजेट ल्याउन रोक्न माग गरी सदनबाटै बजेट ल्याउन अन्तरिम आदेश दिन माग गरेका थिए ।

तर उक्त मागको सुनुवाइ भएन ।

 

उनले २४ घण्टाभित्र प्रधानमन्त्रीलाई अदालतमा बोलाउन पनि माग गरेका थिए ।

अब ३१ वटै मुद्दामा सुनुवाइ शुरु हुँदैछ । जसमा चार वटा मुद्दा भने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षका मुद्दा हुन् ।

 

को को छानिए संवैधानिक इजलासमा
पाँच सदस्यीय संवैधानिक इजलास प्रधानन्यायाधीश जबराको नेतृत्वमा गठन भएको छ । जसमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published.