बारम्बार डकार आउने समस्याबाट छुटकारा पाउन अपनाउनुस् यी घरेलु उपाय !

काठमाडाैं । डकार लाग्नु सामान्य कुरा हो तर यो समस्या बारम्बार अकस्मात आउँदा वा अमिलो डकार आउन थालेमा यसले समस्या निम्त्याउँछ, यस्तो अवस्थामा यसको उपचार गर्नु आवश्यक हुन्छ,

त्यसैले आज हामी तपाईलाई यस्तै केही घरेलु उपायहरु बताउन गइरहेका छौँ । जसको मद्दतले तपाई यस समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ, त्यसोभए ढिलो किन, आउनुहोस् जानौं यो समस्यालाई कसरी समाधान गर्ने ….

पुदिनाको सेवन गर्नाले डकारको समस्याबाट छुटकारा पाउन सकिन्छ, यसका लागि तातो पानी लिनुहोस् र त्यसमा २-३ थोपा पुदिना मिसाएर पिउनुहोस्, यसो गर्नाले तुरुन्तै आराम मिल्छ र सजिलै पेट हलुका हुन थाल्छ ।

यसका साथै कागतीको रस पिउनाले पनि राहत मिल्छ, यसका लागि एक गिलास पानीमा कालो नुन मिसाएर कागतीको रस पिउँदा ग्यास कम हुन्छ र मुखबाट डकार आउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

पेटमा ग्यास भएमा, जसका कारण डकार लागेमा वा अपचको समस्या भएमा खाना खाइसकेपछि दहीको सेवन अवश्य गर्नुहोस्, यसो गर्नाले खाना राम्रोसँग पचाउन मद्दत पुग्छ र यो समस्या पनि निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *