के हो एमसीसी सम्झौता ? भित्री कुराे बुझ्नुभएकाे छ Fair Explain in Nepali

काठमाडाैं । विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्‌ले स्थापना गरेको हो।

मिलेनीअम च्यालेन्ज कर्पोरेशन एउटा नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,” एमसीसीको वेबसाइटमा उल्लेख छ।

सन् २०१२ यता शृङ्खलाबद्ध छलफलपछि सन् २०१७ मा नेपाली काङ्ग्रेसको सरकार हुँदा वाशिङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो।

त्यस बेला माओवादी सत्ता गठबन्धनको प्रमुख साझेदार रहेको थियो।

प्रारम्भिक सम्झौतामा एमसीसी कम्प्याक्टलाई संसद्‍बाट अनुमोदन गराउने उल्लेख नभएपनि पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारहुँदा अमेरिका र नेपालबीच त्यस्तो समझदारी भएको बताइन्छ।

ओली नेतृत्वको सरकारले २०७६ साल असार ३० गते उक्त सम्झौतालाई संसद्‌मा दर्ता गराएको थियो।

सत्तामा रहँदा उक्त सम्झौता पारित गर्ने पक्षमा आफू रहेको बताउने गरेको ओलीको दलले अहिले सत्तारूढ गठबन्धनको निर्णयका आधारमा आफ्नो धारणा तय गर्ने बताइरहेको छ।

एमसीसीलाई लिएर नेपालमा कैयौँ भ्रामक सूचनाहरू फैलिएका भन्दै अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिन्ता जनाउँदै आएका छन्।

उनीहरूले केही महिनाअघि मात्रै नेपाल सरकारले सोधेको प्रश्नको उत्तर दिँदै एमसीसी कुनै पनि सैन्य रणनीतिको अङ्ग नभएको र नेपालसँगको सम्झौता यहाँको संविधानभन्दा माथि नरहेको बताएका थिए।

नेपालमा कैयौँ साना वामपन्थी दलहरूले एमसीसीको विरोध गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *