देशका विभिन्न जिल्लामा हिमपात, हेर्नुस् कहाँ कहाँ पर्याे हिउँ (तस्वीरहरू)

काठमाडाैं । हिमाली तथा पहाडी जिल्लाहरूमा हिमपातले जनजीवन प्रभावित भएको छ।

डोल्पा, मनाङ, हुम्ला, म्याग्दी, रसुवा, काठमाडौं, भोजपुर लगायत जिल्लामा हिमपात भएको छ। हिमपातले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको छ भने उपत्यकाभर पानी परिरहेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत

दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

चन्द्रागिरिमा हिमपात
रातभर परेको अविरल वर्षासँगै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । तस्वीर : अच्युत रेग्मी/ रासस
चन्द्रागिरिमा हिमपात
रातभर परेको अविरल वर्षासँगै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । तस्वीरः अच्युत रेग्मी/ रासस
हिउँ हेर्दै स्थानीयवासी ः
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउ हेर्दै स्थानीयवासी । हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । तस्वीर ः विमलबहादुर विष्ट/ रासस
झिग्रानामा हिमपात
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा भएको हिमपत । हिमपातका कारण चिसो बढेपछि यहाँका सर्वसाधारणलाई कष्टकर बनेको छ । तस्वीर ः विमलबहादुर विष्ट/ रासस
हुम्लामा भारी हिमपात
हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको । तस्वीर ः दाने बोहरा/रासस
डोल्पा भारी हिमपात
तल्लो डोल्पाको मुडकेचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा भारी हिमपातपछि जनजीवन प्रभावित । डोल्पाको ७बmउस० प्रतिशत भू–भाग हिउँले सेताम्य पारेको छ । तस्वीर ः हेमन्त केसी/रासस

मनाङमा निरन्तर ७बmउस२ घन्टे हिमपात
मनाङ जिल्लाको सबै गाउँपालिकामा ७बmउस२ घन्टेदेखि भारी हिमपात । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ । तस्वीर ः नवीन लामिछाने/रासस
डोल्पा भारी हिमपात
जाजरकोट, १४ पुस ः तल्लो डोल्पाको मुडकेचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा भारी हिमपातपछि जनजीवन प्रभावित । डोल्पाको ७बmउस० प्रतिशत भू–भाग हिउँले सेताम्य पारेको छ । तस्वीर ः हेमन्त केसी/रासस

म्याग्दीको तल्लो घोडेपानीमा परेको हिउँ
म्याग्दीको अन्नपूणर् गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ । तस्वीर ः सन्तोष गौतम/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *