नेपालमा गणतन्त्र स्थापनाको १३ वर्ष पूरा, आज १४औं गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ ।

सो अवसरमा आज देशभर १४औं गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।

तर, गत वर्ष जस्तै यो वर्ष पनि कोरोना संक्रमणको जोखिम र निषेधाज्ञाका कारण कुनै औपचारिक कार्यक्रमको आयोना भने गरिएको छैन । करिब २४० वर्षको शाहवंशीय राज संस्थाको विधिवत अन्त्य भएको घोषणा गरिएको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।

लोकतन्त्र र गणतन्त्रको उपलब्धीस्वरुप २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गरिसकेपछि शीर्ष नेताहरू । फाइल तस्वीर

गणतन्त्र स्थापनापछि संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई हाल संस्थागत गरिसकिएको छ । तर व्यवस्था फेरिए पनि शासकको प्रवृत्ति नफेरिँदा यो व्यवस्थाप्रति नकारात्मक दृष्टिकोणको विकास भइरको पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published.