यस्तो छ नेपाली कांग्रेसको नयाँ वरीयता

काठमाडाैं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरीयता निर्धारण गरिएको छ।

कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको वरीयता निर्धारण गरिएको हो। पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा छन्। कांग्रेस विधान अनुसार, सभापतिले वरीयता निर्धारण गर्छन्।

त्यस्तै, दोस्रो नम्बरमा उपसभापति पूर्णबहादुर खड्का छन्। उनीभन्दा बढी मत पाएका धनराज गुरुङलाई तेस्रो नम्बरमा राखिएको छ।

त्यस्तै, चौथो नम्बरमा महामन्त्री गगन थापा छन्। त्यसपछि महामन्त्री विश्वप्रकाश शर्मालाई राखिएको छ।

सहमहामन्त्रीमा पहिलो नम्बरमा फरमुलाह मन्सुर छन्। उनीपछि सातौं नम्बरमा उमाकान्त चौधरीलाई राखिएको छ। यस्तै, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्म आङदम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार छन्।

पदाधिकारीपछि केन्द्रीय सदस्यमा सबैभन्दा माथि १४औं नम्बरमा गोपालमान श्रेष्ठ छन्। त्यसपछि १५औं नम्बरमा डा. शशांक कोइराला रहेका छन्।

सभापतिमा पराजित भएका डा. शेखर कोइराला २०औं नम्बरमा छन्। उनीभन्दा अगाडि चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी र सुनिलबहादुर थापा छन्।

Leave a Reply

Your email address will not be published.