पाल्पा – बुटवल सडक खण्ड पहिरोले अबरूद्ध, खुल्न समय लाग्ने

पाल्पा । पहिरोले पाल्पा – बुटवल सडक खण्ड अवरुद्ध भएको छ । निरन्तर चार दिन देखि परेको अविरल वर्षाले पाल्प बुटवल सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङगा सहितको ठुलो पहिरो गएको छ भने गौंडे,बर्तुङ,दोभान,झुम्सा लगायतको क्षेत्रका सानसाना पहिरो गएका छन् ।

यस्तै पाल्पा बुटवल सडक खण्डको सिसुवा क्षेत्रमामा खसेको पहिरो हटाउने काम सुरु भएको छ । निरन्तरको वर्षा र ढुङगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख अर्जुन सुवेदीले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय पाल्पाले थप स्काभेटर मगाएर पहिरो पन्छाउने काम सुरु भएको र अबको एक घण्टामा सडकको पहिरो हटाएर सकिने निमित्त प्रमुख सुवेदीले बताउनुभयो ।

यस्तै गरि कालिगण्डकी करिडोरको भोओरमा पहिरो खस्दा तानसेन पिपलडाँडा रामपुर जोड्ने कालिगण्डकी करिडोर समेत अवरुद्ध भएको छ ।

निरन्तरको वर्षादले विभिन्न स्थानिय तहलाई जोड्ने ग्रामीण सडक अधिकांश अवरुद्ध भएका छन । हालसालै विस्तार भएका यी सडकमा संयौंको संख्यामा साना ठुला पहिरो झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *