कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका उमेदवार : कुन प्रदेशमा को ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि उमेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले उमेदवारहरूको नाम टुंग्याएको हो ।

कांग्रेसले प्रदेश नम्बर–१ मा गोपालकुमार बस्नेतलाई उमेदवार बनाउने निर्णय गरेको छ भने वाग्मती प्रदेशमा कृष्णप्रसाद पौडेललाई उमेदवार बनाउने निर्णएय गरेको छ ।

गण्डकी प्रदेशमा कांग्रेसको सहमहामन्त्रीमा चुनाव हारेकी कमला पन्तलाई उमेदवार बनाएको कांग्रेसले कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङलाई उमेदवार बनाएको छ ।

लुम्बिनी प्रदेशमा युवराज शर्मामालाई उमेदवार तोकेको कांग्रेसले सुदूरपश्चिममा नारायण मिश्रलाई उमेदवार मनोनयन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले गठबन्धनको बाँडफाँडमा उमेदवारीको भागबण्डा तय भएको भन्दै गठबन्धनका उमेदवारलाई मतदान गर्न आह्वानसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *