एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार टुंग्यायो (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो ।

प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) उम्मेद्वार बन्नेछन् ।

प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) उम्मेद्वार बन्नेछन् । बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली),

गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) उम्मेद्वार बन्ने भएका छन् ।

लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई टिकट दिइएको छ ।

कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ ।

सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ । १२ माघमा हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

प्रदेश–१

खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश–२

खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)

बागमती

खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी

खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेट (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी

खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)

कर्णाली

खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम

खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)

Leave a Reply

Your email address will not be published.