नेपालमा काेराेना महामारीकाे वेग फेरि उर्लिन थाल्याे, स्मार्ट लकडाउनकाे तयारी

काठमाडौं । नेपालमा कोरोना भाइरस महामारीको बेग उर्लिन थालेको छ । आज ९६८ संक्रमित थपिएका छन् । यो पछिल्ला केही महिनादेखिकै बढी हो । १४ हजार ९७१ जनाको परीक्षणबाट ६.४७ प्रतिशतमा संक्रमण थपिएको हो ।

जसमा ८ हजार २७२ पीसीआर परीक्षणबाट ५७२ तथा ६ हजार ६९९ एन्टिजेन परीक्षणबाट ३९६ जना संक्रमित पाइएका हुन् ।

थपिएकामा पीसीआरबाट पत्ता लागेकामध्ये उपत्यकाका मात्रै ३६९ जना हुन् । काठमाडौंका मात्रै २८४ जना थपिएका हुन् । त्यस्तै ललितपुरका ६२, मोरङका २९, भक्तपुरका २३, चितवनका २० र दाङका १५ जना हुन् ।

जम्मा २६२ जनालाई निको भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले खोप लगाएका छन् ।

आज कसैको पनि ज्यान भने नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ११ हजार ६०२ जनाको ज्यान गइसकेको छ ।

याे पनि पढ्नुस् 

सीसीएमसीको बैठकमा स्मार्ट लकडाउनबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले

ओमिक्रोन भेरियन्ट संक्रमण बढ्न नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले यसको संक्रमणदर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्त दुरुस्त बनाउन र संक्रमितहरुको खाना तथा बस्नको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ ।

संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

बैठकले तेस्रो चरणको बुष्टर खोप अघि बढाउने अनुमति पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published.