उर्लियाे काेराेना ठूला नेता थला परे, एकै दिन थपिए हजार बढी संक्रमित

काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ । आज देशभर एक हजार १६७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ६३२ स्वाब परीक्षण गर्दा एक हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये आठ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ८४१ जनामा कोरोना देखिएको छ। त्यस्तै, तीन हजार ७८४ जनाको एन्टिजन परीक्षण गर्दा ३२६ जनाका संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर २२४ जना निको भएका छन्। निको हुनेको संख्या पनि आठ लाख १४ हजार २३० पुगेको छ।

केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ। शनिबार १३ हजार २६४ स्वाब परीक्षण गर्दा ९४४ जनामा कोरोना देखिएको थियो।

यसपालि वेगमा ठूला नेताहरू संक्रमित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताहरू संक्रमित भएर उपचार गराइरहेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवा पनि आइशाेलेसनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published.