सरकारी कर्मचारीको तलब २ हजार बढ्यो, हेर्नुस् कसकाे कति पुग्याे ?

काठमाडाैं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएका हुन्। यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिए।

कसको कति पुग्यो?

पद हाल शुरू तलब स्केल बढेको तलब अबको सुरू तलब स्केल
मुख्य सचिव ६५१४० २००० ६७१४०
रा.प विशिष्ट ६०६८० २००० ६२६८०
अ. सचिव (पेन्सन प्रयोजन) ५०६०० २००० ५२६००
रा.प प्रथम ४७३८० २००० ४९३८०
रा.प द्वितीय ४०३८० २००० ४२३८०
रा.प तृतीय ३५९९० २००० ३७९९०
रा.प.अनं. प्रथम अ.मा. पेन्सन प्रयोजन ३०८२० २००० ३२८२०
रा.प.अनं. प्रथम २८२०० २००० ३०२००
रा.प.अनं. द्वितीय अ.मा. पेन्सन प्रयोजन २७५७० २००० २९५७०
रा.प.अनं. द्वितीय २६६१० २००० २८६१०
रा.प.अनं. तृतीय २२०१० २००० २४०१०
रा.प.अनं. चतुर्थ २०६८० २००० २२६८०

Leave a Reply

Your email address will not be published.