काठमाडाैं । आज पनि कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ। देशभर ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण देखिएको हो। बुधबार ३ हजार ७५ जनामा संक्रमण देखिएको थियो।
आज संक्रमण देखिएकामध्ये १० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९२२ जनामा र ४ हजार ५८३ जनाको एन्टिजन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ।
त्यस्तै, आज २७१ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पनि ८ लाख १५ हजार ३४७ पुगेको छ।
काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । बिहीबार एकैदिन १९ सय १६ संक्रमित थपिएका छन् । देशभर ३५ सय ५३ संक्रमित थपिँदा उपत्यकाका मात्रै १९ सय १६ जना हुन् ।
थपिएकामा काठमाडौंका १ हजार ४४९, ललितपुरका ३१७ तथा भक्तपुरका १५० जना हुन् ।