प्रदेश दुईको स्थायी राजधानी कायम, नाम के ?

जनकपुरधाम । प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार प्रदेश सभामा भएको मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए ।

जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको थियो । यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग,

पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

याे पनि पढ्नुस् 

तत्काल निर्वाचनको मिति घोषणा गर्न स्थानीय तहका छाता संगठनको माग

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

सोमबार तीनवटै संस्थाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गरी संविधानतः निर्वाचित स्थानीय तहहरूको कार्यकाल समाप्त हुँदै गरेको र संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै निर्वाचन प्रक्रिया सुरू गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं ।’

Leave a Reply

Your email address will not be published.