पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण, कस्ताे छ अवस्था

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । मन्त्री आलेको सचिवालयले आफूहरुको सम्पकर्मा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

याे पनि पढ्नुस् 

संसदमा कोरोना असर

रोनाको नयाँ संस्करणले संसद समेत प्रभावित भएको छ । आज संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक पूर्व निर्धारित कार्यक्रम अनुसार बसेनन् । आज एकबजे बस्ने गरी बैठक आव्हान गरिएको थियो ।

सभामुख अग्नीप्रसाद सापकोटाले कोरोनाको बढ्दो संक्रमणको कारण प्रतिनिधिसभाको बैठक बस्न नसक्ने देखिएको भन्दै हिजै सूचित गरेका थिए । अर्को बैठक यही माघ १६ गतेका लागि बोलाईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरु र सांसदहरु समेत कोरोनाबाट प्रभावित भएकाले नियमित कामबाट अवकाशमा छन् ।

 

Leave a Reply

Your email address will not be published.