काेराेना अपडेट : संक्रमितको संख्या घट्याे, १ सय ९ काे मृत्यु

काठमाडाैं । कोरोनाभाइरसको परीक्षण घटाउदा संक्रमितको संख्या पनि घटेको छ। आइतबार थप १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७७० स्वाब परीक्षण गर्दा चार हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार १४ हजार ७५३ जनाको स्वाब परीक्षण गर्दा चार हजार ४८७ जनामा संक्रमण देखिएको थियो।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाख आठ हजार ८९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या सात हजार २७२ पुगेको छ।

आज निको हुनेको संख्या भने बढेको छ। पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना संक्रमित निको भएका छन्।

Leave a Reply

Your email address will not be published.