गुल्मीका कुन स्थानीय तहलाई कति बजेट (विवरणसहित)

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण नीति अनुरुप ७५३ स्थानीय तहलाई नै बजेट वितरण गरेको छ । पूर्व ताप्लेजुङदेखि पश्चिम कैलालीसम्मका स्थानीय तहहरुमा अनुदानमा बजेट वितरण गरेको सरकारले स्थानीय तह वित्तीय हस्तान्तरण शीर्षकमा कुल २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख विनियोजन गरेको छ ।

यसमध्ये महानगरपालिकाका लागि १० अर्ब ९ करोड २८ लाख छुट्याइएको छ भने, उप–महानगरपालिकाका लागि ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकाका लागि १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालिकाका लागि १ खर्ब ३९ अर्ब १९ करोड २९ लाख छुट्याइएको छ ।

स्थानीय तहका लागि अनुदान उपलब्ध गराएकोमा सोमध्ये २ खर्ब ५१ अर्ब ५२ करोेड ३८ लाख र चालु खर्च तर्फ र ३१ अर्ब ४९ करोड ९ लाख पुँजीगत खर्च छुट्याइएको अर्थमन्त्रालयले जनाएको छ ।

गुल्मीको दुई नगरपालिकाका लागि ८५ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमध्ये समानीकरण अनुदान तर्फ २४ करोड २५ लाख, सशर्त अनुदान ५६ करोड ५६ लाख र विशेष अनुदान ४ करोड दुई लाख तथा समपुरक अनुदान ७५ लाख रहेको छ ।

मुसिकोट नगरपालिकाले ४७ करोड १८ लाख बजेट पाउँदा रेसुंगा नगरपालिकाले ३८ करोड ४० लाख पाएको छ ।
गाउँपालिका तर्फ ३ अर्व ४९ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमध्ये सबैभन्दा धेरै धुर्कोट गाउँपालिकाको ३८ करोड ५२ लाख छ भने सबैभन्दा कम इस्मा गाउँपालिकाको २९ करोड ६८ लाख रहेको छ ।

हेर्नुस् कुन स्थानीय तहको कति बजेट विस्तृतमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *