चाणक्य नीति : यी ४ बानीले निम्त्याउन सक्छ पति–पत्नीको सम्बन्धमा कलह !

काठमाडाैं । महान कूटनीतिज्ञ तथा अर्थशास्त्री आचार्य चाणक्य आफ्नो नीतिका कारण विश्वभर प्रसिद्ध छन् । चाणक्यलाई लगभग सबै विषयहरूको गहिरो समझ थियो।

आफ्नो नीतिको बलमा उनले नन्द वंशलाई ध्वस्त पारेर साधारण बालक चन्द्रगुप्त मौर्यलाई सम्राट बनाएका थिए । आचार्य चाणक्यका नीतिहरू आजको समयमा पनि उत्तिकै सान्दर्भिक छन्, भनिन्छ चाणक्यको नीतिलाई पालन गर्ने व्यक्ति आफ्नो जीवनमा कहिल्यै असफल हुँदैन।

आचार्य चाणक्यले आफ्ना नीतिहरूमा मानव कल्याणसँग सम्बन्धित धेरै कुराहरू उल्लेख गरेका छन्। चाणक्य विश्वास गर्छन् कि श्रीमान्-श्रीमतीको सम्बन्ध सबैभन्दा बलियो हुन्छ किनभने तिनीहरू हरेक सुख दु:खमा एकअर्कालाई साथ दिन्छन्। तर, केही यस्ता बानी छन्, जसले दाम्पत्य जीवनमा कलह निम्त्याउन सक्छ ।

1. चाणक्य नीति अनुसार क्रोध अर्थात् रिषले पति-पत्नीको सम्बन्धलाई नराम्रो असर गर्छ। जब तपाई रिसाउनुहुन्छ तपाईले राम्रो र खराबको बुझाइ गुमाउनुहुन्छ। चाणक्यका अनुसार क्रोध व्यक्तिको सबैभन्दा ठूलो शत्रु हो र यसले गहिरो सम्बन्धलाई तोड्न सक्छ। त्यसैले दाम्पत्य जीवनलाई सुमधुर बनाउनको लागि आफ्नो क्रोधलाई आफूमाथि हावी हुन दिनु हुँदैन।

2. कुनै पनि सम्बन्धमा दिइने धोखाले यसलाई पूर्ण रूपमा नष्ट गर्दछ। श्रीमान् र श्रीमती आजीवन साथी हुन्, उनीहरुले आफ्नो सम्बन्धमा कहिल्यै धोका दिनु हुँदैन । श्रीमान श्रीमतीको सम्बन्ध समर्पणको हो, त्यसैले एक अर्कालाई सहयोग गर्नुपर्छ ।

3. दाम्पत्य जीवनमा संचार हुनु धेरै महत्त्वपूर्ण छ। किनकी श्रीमान् र श्रीमतीले एकअर्कासँग आफ्नो मनको कुरा व्यक्त गरेनन् भने सम्बन्धमा चिसोपन आउन सक्छ ।

४. शक्तिबिना शिव पनि अधुरो हुन्छ भनिन्छ, त्यसैगरी श्रीमान्–श्रीमती पनि एकअर्का बिना अधुरो हुन्छन् । जुन सम्बन्धमा इज्जत र सम्मान हुदैन त्यो सम्बन्ध कहिल्यै टिक्न सक्दैन भन्ने मान्यता छ । त्यसैले दाम्पत्य जीवनमा एकअर्काको मान र सम्मान हुनु अति आवश्यक छ।

Leave a Reply

Your email address will not be published.