शिक्षक सेवा आयोग : प्रदेश एकबाट सबैभन्दा धेरै, कुन प्रदेशमा कम आवेदन?

काठमाडौँ । शिक्षक सेवा आयोगले मावि र निमावि तहका आवेदकहरुको मोटामोटी प्रदेश अनुसार संख्या छुट्याएको जानकारी दिएको छ ।

आयोगले प्रदेश अनुसार मावि तहमा आवेदन दिनेहरु सबै विषयमा प्रदेश एक बाट सबैभन्दा बढी र कर्णालीबाट सबैभन्दा कम आवेदन परेको छ ।

एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि मावि तहमा परेको ३५ हजार ५४५ आवेदन मध्ये प्रदेश एकबाट मात्रै ८ हजार ८ हजार ८३३ आवेदन परेको छ भने कर्णाली प्रदेशबाट १ हजार ६२५ जनाले मात्रै आवेदन दिएका छन् ।

याे पनि पढ्नुस् 

आठ जना सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सरकारले आठ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मधुसूदन बुर्लाकोटीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईँको भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएकी छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पठाइएको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको वाण्ज्यि सचिवमा सरुवा भएको छ ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियाको भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधि) सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यको शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *