प्रचण्डकाे छटपटी, गुहार माग्न राति राति ओलीलाई फोन ….

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्षसँग एमसीसी विधयेकका विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विधयेक अघि बढाउन चाहेपछि त्यसबारेमा दाहालले एमाले अध्यक्ष ओलीको राय लिएका हुन् । बिहीबार राति एमाले अध्यक्ष ओलीलाई फोन गरेर ‘एमसीसीका विषयमा औपचारिक निर्णय गर्न आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने सत्तारुढ दलको औपचारिक निर्णय आएपछि र संसदमा छलफल अघि बढेपछि एमालेले औपचारिक निर्णय गर्ने बताएका छन् ।

माओवादीले नै पहिले केपी ओलीलाई हटाएरपछि र हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौ भनेकाले एमसीसीबारे पहिले आफु स्पष्ट हुनपनि ओलीले दाहाललाई आग्रह गरेका छन् ।

पछिल्लो पटक अमेरिकाले एमसीसी पारित गर्न दवाव दिएपछि अध्यक्ष दाहालले विभिन्न दलका नेतासँग परामर्श गरिरहेका छन् ।

याे पनि पढ्नुस्

एमसीसीलाई जस्ताको तस्तै समर्थन गर्न सकिँदैनः माधव नेपाल

वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई जस्ताको तस्तै समर्थन गर्न नसकिने बताए ।

शुक्रबार वीरगञ्जमा भएको एक कार्यक्रममा एमसीसी परियोजनाका केही कुराहरुलाई स्पष्ट गर्न जरुरी रहेको बताएका छन् ।

उनले जनता एमसीसीको विरोधमा रहेको भन्दै एमसीसीको विषयमा जनतालाई आश्वस्त पार्नु चुनौतीको विषय रहेको बताए ।

थप छलफल र गहिरो अध्ययनको विषय भएको एमसीसी परियोजनालाई अझै पर धकेल्न सके राम्रो हुने उनको भनाई छ ।

एमसीसीका बारे भए नभएका कुराहरुको प्रचारप्रसार भइरहेको बताउँदै उनले एमसीसीको अझै अध्ययन नै गरिरहेका बताए ।

एकीकृत समाजवादी पार्टीले एमसीसीमा निम्न सात वटा विषयमा असहमति जनाएको नेता नेपालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.