काठमाडौं- नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी पास गर्न खोज्नेले नेपालीको नेता हुँ भन्नु अपराध हुने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ तथा दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी हुने टिप्पणी गरेका छन्।
उनले राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्नु ठूलो अपराध हुने बताएका छन्। ‘विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो। यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन,’ उनले लेखेका छन्।
नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो। यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन।
— Dr. Bhim Rawal (@BhimRawal179) February 11, 2022
याे पनि पढ्नुस्
काँग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने
सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमा मधेश प्रदेशका आठ र बाँकी रहेका अन्य आठ जिल्लाहरु छन् ।
यससँगै छिटफुट रुपमा बाँकी रहेका वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको काँग्रेस सनर्विाचन सिमतिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।
‘फागुन १३ मा प्रथम चरणको निर्वाचन छ । प्रथम चरणमा सभापतिको ५० प्रतिशत प्लस मत क्रम हुन सकेन भने दोस्रो चरणको निर्वाचन फागुन १४ गते नै हुन्छ ।’ र फागुन १५ गतेसम्म महासमिति सदस्यको निर्वाचनसहित १४ औं महाधिवेशनबाट बाँकी रहेका अन्य अधिवेशन सम्पन्न हुने उहाँको भनाई छ ।
यस विषयमा काँग्रेसको शुक्रबार बसेको केन्द्य्रीय कार्यसम्पादन समितिलाई पनि जानकारी गराइएको उहाँले बताउनुभएको छ ।