शुक्र ग्रहको चाल परिवर्तन, यी राशिका लागि भाग्य र धन लाभको बलियो योग

काठमाडाैं । ज्योतिषशास्त्रमा शुक्रलाई बिहानको तारा भनिन्छ। कुण्डलीमा शुक्र शुभ भयाे भने जीवनमा सुख, समृद्धि र सौन्दर्य आउँछ । साथै शुक्र ग्रहको शुभ प्रभावले धन र ऐश्वर्य प्राप्त हुन्छ ।

यति मात्र होइन, शुभ शुक्रको प्रभावले मानिसको सुतेको भाग्य पनि जाग्छ र माता लक्ष्मीको विशेष कृपा प्राप्त हुन्छ । फ्रब्रुअरी २७ तारिक आइतबार शुक्र ग्रहले आफ्नो राशि परिवर्तन गर्दैछ ।

शुक्र ग्रहको यो परिवर्तनका कारण केही राशिका लागि भाग्योदय हुने देखिन्छ । आउनुहोस् जानौं ती राशिका बारेमा हामी यहाँ त्यसकै बारेमा चर्चा गर्दैछाैँ ।

मेष राशि

मेष राशिका लागि शुक्रको राशि परिवर्तन शुभ साबित हुनेछ। यस अवधिमा विशेष धन लाभ हुनेछ। रोजगारी र व्यापारमा आर्थिक पक्ष बलियो रहनेछ । यसका साथै दाम्पत्य जीवनको पूर्ण आनन्द प्राप्त हुनेछ। तर, स्वास्थ्यमा केही सावधानी अपनाउनु पर्ने देखिन्छ ।

वृष राशि

वृष राशिका लागि शुक्र परिवर्तन निकै शुभ फलदायी रहनेछ । यस समयमा कुनै पनि कामले शुभ फल दिनेछ। हरेक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापारमा धनलाभ हुनेछ । दैनिक आम्दानी बढ्नेछ।

कर्कट राशि 

शुक्र ग्रहको राशि परिवर्तनका कारण व्यापार व्यवसायमा प्रशस्त लाभ हुनेछ । यसका साथै व्यापारमा आर्थिक अवस्था बलियो हुनेछ । रोकिएको धन उपलब्ध हुनेछ। घर तथा सवारी साधनको मनोकामना पूरा हुनेछ । साझेदारी व्यवसायमा आर्थिक स्थिति राम्रो हुनेछ।

कन्या राशि

कन्या राशिका लागि शुक्रको राशि परिवर्तन शुभ साबित हुनेछ । अविवाहितहरुको मनोकामना पुरा हुनेछ । परिवारमा खुशीको वातावरण रहनेछ। जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ । काममा आम्दानी बढ्न सक्छ। अनावश्यक खर्चमा नियन्त्रण रहनेछ ।

Leave a Reply

Your email address will not be published.