काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले ‘देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा सुरु भएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।
रावलले मंगलबार ट्विटमार्फत राष्ट्रिय स्वाधीनताको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा स्पष्टीकरण सोध्नुपर्ने भन्ने कुरा आएको बताएका छन् ।
“जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले ‘स्पष्टीकरण सोध्नुपर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? के अब देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा सुरु भएको हो ?,” रावलको प्रश्न छ ।
एमालेको अवरोधबीच बसेको आइतबारको प्रतिनिधिसभा बैठकमा उनले एमसीसी सम्झौता टेबल गर्न नहुने भन्दै बोलेका थिए । पार्टी संसदीय प्रक्रियामा भाग नलिएका बेला बोलेको भन्दै रावललाई स्पष्टीकरण सोध्नुपर्ने नेताहरूले बताइरहेका छन् ।
जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र वाह्य हस्तक्षेप विरूद्ध बोल्दा कम्युनिष्ट पार्टीले ‘स्पष्टीकरण सोध्नु पर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो? के अब देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो?
— Dr. Bhim Rawal (@BhimRawal179) February 22, 2022
‘सरकारमा बसेर सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ’
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् ।
मंगलबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए ।
उनले भने,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ ।
तरसँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।”
हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे ।
एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए । उनले भने,“यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ । सिङ्गो पार्टी एमसिसीका पक्षमा छ । ”