एसएलसी उत्तीर्ण नगरी डाक्टर बनेका सात जना पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले एसएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सात जनालाई समातेकाे छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सप्तरी विष्णुपुर गाउँपालिका-२ का २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो-६ का २९ वर्षीय सुवासप्रसाद साह, धनुषा सबैला नगरपालिका-५ का २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङ साबिक चामे गाविस-५ का ३१ वर्षीय दीपेन्द्र गौतम, सप्तरी सकरपुरा-१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी मनरा-५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँलाई प, क्रा’ उ गरेको हो।

उनीहरूले बाङ्लादेशमा एमबीबीएस अध्ययन गर्न जाँदा एसएलसीको मार्कसिट कीर्ति गरेको सीआईबीकी प्रवक्ता तथा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

कुन कुन अस्पतालमा कार्यरत थिए ?

प्रहरीले आइतबार पक्राउ गरेका मोहमद सिद्दिक विराटनगर–५ स्थित न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए। सुवासप्रसाद साह भने जनकपुरको जिरोमाइलमा रहेको जनकपुर चिल्ड्रेन अस्पतालमा काम गर्थे।

त्यस्तै, पक्राउ परेकामध्येका एक मोहम्मद शाहिद राजा दीर्घायु गुरु हस्पिटल र दीपेन्द्र गौतम चौरजहारी मिशन अस्पताल पश्चिम रुकुममा कार्यरत रहेको प्रवक्ता पन्तले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *