कहिले छुट्छन् जेलबाट रेशम चाैधरी [ सहमति पत्रसहित ]

काठमाडौं । सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ । सहमतिअनुसार थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख गरिएको छ ।

दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले जानकारी दिइन् ।

त्यस्तै थरुहट/थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।  ।

सहमतिपत्रमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजन भट्टराई र भगवती चौधरीले हस्ताक्षर गरेका छन् भने थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *