प्रचण्डको ब्रिफिङ : एमसीसी पास गर्दा सभामुख र माधव नेपालसहितका १४ सांसदको पद बच्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।

उनले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, कामधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् ।

“एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ सांसदको पद बच्यो । गठबन्धन पनि जोगियो,” प्रचण्डले व्रिफिङमा भनेका छन्, “एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो त्यो भत्कियो ।”

उनले एमसीसी सत्ता गठबन्धनबाटै पास हुँदा गठबन्धन चुनावमा समेत कायम हुने अवस्था निर्माण भएको बताए ।

याे पनि

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबारबाट सुरु भएको‍ बैठकमा ६ वटा एजेन्डामाथि छलफल हुने भएको छ ।

बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिेङ गर्ने छन् । यस्तै उनले संसद्बाट अनुमोदन भएको एमसीसीबारे पनि पार्टीको धारणा राख्नेछन् ।

यस्तै बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *