पल शाह प्रकरणमा साइबर ब्यूरोले दियाे यस्ताे चेतावनी

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ ।

प्रहरीको साइबर ब्यूरोले शुक्रबार सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै

ध्यानाकर्षण भएको जनाएको हो । ब्यूरोले यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

काउन्सिलको एक्सन : २२ अनलाइनलाई सचेत, १६ युट्युबलाई कारवाहीको सिफारिस

नेपाल प्रेस काउन्सिलले आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण गर्ने २२ वटा अनलाइन मिडियालाई सचेत गराएको छ ।

काउन्सिलले सुचना तथा प्रशारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वटा वेबपोर्टलहरुलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ ।

काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै मिडिया अन्र्तगत आवद्ध नभएका १६ युट्युव च्यानललाई आवस्यक कारवाहीका लागि प्रहरीको फाइवर ब्युरोमा सिफारिस गरेको जनाएको छ ।

पछिल्लो समय पल साह र पीडित नाबालिकसँग जोडिएर आएका समाचारहरुमा आचारसंहिता विपरित सम्प्रेषण समाचारप्रति काउन्सिलले विशेष निगरानी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.